मिसनबाट फर्केका प्रहरीले अब १५० डलर तिर्न नपर्ने

   नयाँ दैनिक comment 0

वैशाख २, काठमाडौँ । सशस्त्र प्रहरी बलमा कार्यरत प्रहरीले शान्ति मिसनमा गएबापत बिभिन्न शीर्षकमा तिर्नुपर्ने १५० डलर (नेपाली रुपैयाँ करीब १५हजार) अबदेखि तिर्न नपर्ने सशस्त्र प्रहरी बलले नजाएको छ ।

यसअघि मिसनबाट फर्केकाहरूले सशस्त्र प्रहरी बल महिला संघलाई ३५, भूपु सशस्त्र प्रहरी संघलाई ३५ र एपिएफ क्लबलाई ८० डलर अनिवार्य रूपमा दिनुपर्थ्यो ।

सशस्त्र प्रहरीका अहिले दक्षिण सुडानमा दुई शान्ति मिसन छन्। त्यहाँ ३२२ जना कार्यरत छन् । ती दुई मिसनमा जानेहरू १ वर्ष बसेर फर्कन्छन् । 

मिसनमा जानेहरूले सशस्त्रको कल्याणकारी सेवा केन्द्रमा मिसन जाँदाको कुल तलबको ९ प्रतिशत बुझाउनु पर्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *