मृत भेटिएका केसीको साथबाट फेला पर्यो सुसाइड नोट!

   नयाँ दैनिक comment 0

भदौ ३, काठमाडौँ। राष्ट्रिय योजना आयोगको कार्यालय भित्रै मृत भेटिएका नायब सुब्बा बच्चुराम केसी सोमबार राति ११ बजे कार्यालय प्रवेश गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। आज बिहान राष्ट्रिय योजना आयोगको सिंहदरबारस्थित कार्यालयभित्रै मृत अवस्थामा फेला परेका नायब सुब्बा केसीको साथबाट सुसाइड नोट फेला परेको प्रहरीले जनाएको छ । कीर्तिपुरस्थित टौदहमा बस्दै आएका केसीले सुसाइड नोटमा के लेखेका छन् यसबारेमा केहि बताइएको छैन । प्रारम्भिक अनुसन्धानबाट उनी सोमबार बिहान कार्यालय आएपछि घर नगएको पाइएको छ । मृतक केसीको शव भेटिएको स्थानमै सेल्फस नामक विषादीको बट्टा पनि भेटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले बताएका छन्। यसै बीच उनको शबलाई पोस्टमार्टमको लागि पठाउने तयारी भैरहेको पनि काठमाडौँ प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *