राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नु बेलायती महारानीको शैली : देउवा

   नयाँ दैनिक comment 0

बैशाख २२, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नुलाई बेलायती महारानीको शैलीको संज्ञा दिएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा सुरु भएको छलफलमा भाग लिँदै विपक्षी दलका नेता देउवाले मेरो सरकार भन्नु बेलायती महारानीको शैलीको संज्ञा दिएका हुन् । सरकारले राष्ट्रपतिको संस्थालाई पटक पटक विवादमा तानेको समेत उनले आरोप लगाए ।

देउवाले भने, ‘बेलायती महारानीको शैलीमा सम्बोधन गर्न लगाएर थप विवादमा पारिएको छ । यो लोकतान्त्रिक गणतन्त्रका लागि शुभसंकेत होइन ।’

हिजोका राजाको शैली : रिजाल

नेपाली कांग्रेसकै नेता मिनेन्द्र रिजालले भने हिजोका राजाकै शैली भएको जिकिर गरे । हिजो राजाले मेरो सरकार भनेर सम्बोधन गर्ने र अन्त्यमा पशुपतिनाथले कल्याण गुरुन् जयनेपाल भनेर टुंग्याउने गरेको सांसद रिजालले स्मरण गराए ।

नीति तथा कार्यक्रममा के भनिन्छ हेर्न अरु देशमा जानु नपर्ने व्यंग्य गर्दै उनले २०६४/६५ को चुनावपछि बनेको सरकारले मेरो सरकार भन्न छोड्नुपर्ने बताए । नेता रिजालले यो सरकारले गणतन्त्र नै जोगाउँछ कि जोगाउँदैन भन्ने आशंका जनताको मनमा रहेको समेत दावी गर्दै सरकारले पटकपटक राष्ट्रपतिजस्तो संस्थालाई विवादमा पारिरहेको समेत आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *