मेस्सीको गोलमा बार्सिलोनाको जित

   नयाँ दैनिक comment 0

पुस २३, काठमाडौं । मेस्सी र स्वारेजको गोलमा लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जित हात पारेको छ । सोमबार बिहान भएको खेलमा बार्सिलोनाले गेटाफेलाई उसैको मैदानमा २–१ गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र लुइस स्वारेजले गोल गरे । गेटाफेका लागि जइमी माटाले गोल गरेका थिए ।
खेलको २०औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । सुरुवाती समयदेखि नै दबाब बनाएको बार्सिलोनाले खेलको ३९औं मिनेटमा दोब्बर गोल गर्न सफल भयो । यो पटक भने स्वारेजले गोल गरेका थिए । तर ४३औं मिनेटमा माटाले गोल गर्दै गेटाफेलाई २–१ गोलको स्थितिमा पुर्‍याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *