मेस्सीलाई रातो कार्ड , अर्जेन्टिना तेस्रो स्थानमा

   नयाँ दैनिक comment 0

असार २२, काठमाडौँ ।कोपा अमेरिका २०१९ मा अर्जेन्टिनाले तेस्रो स्थान प्राप्त गर्यो र उक्त खेलमा लियोनल मेसीले आफ्नो खेल जीवनमै दोस्रो पल्ट रातो कार्ड खाएका छन् । नेपाली समय अनुसार आइतबार विहान साओ पाओलोमा भएको खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ ले हरायो । अर्जेन्टिनाका लागि सर्जियो एगुरो र पउलो डेबेलाले एक -एक गोल गरे ।तनावपूर्ण खेलमा मेसी र चिलीका ग्यगारी मेडेल झगडामा उत्रेका थिए र यसक्रममा दुवै खेलाडीलाई सिधै रातो कार्ड देखाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *