मेस्सी र रोनाल्डो गोल विहीन

   नयाँ दैनिक comment 0

 चैत १०, काठमाडौँ । विश्वकप फुटबल सकिए पछि राष्ट्रिय टोलिबाट पहिलो खेल खेल्ने क्रममा मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले भेनेजुयला सँगको मैत्रिपुर्ण खेलमा हार वेहोर्नु परेको छ । त्यस्तै युरोकपको साविक बिजेता रहेको क्रिस्टियानो रोनाल्डोको पोर्चुगाली टोली बराबरीमा रोकिएको छ ।

स्पेनको एट्लेटिको म्याड्रिडको ग्राउण्डमा भएको अर्जेन्टिना र भेनेजुयला विचको मैत्रिपुर्ण खेलमा अर्जेन्टिना भेनेजुयलासँग ३-१ गोल अन्तरले पराजीत हुन पुग्यो । लियोनल मेस्सीले प्रेरणादायी खेल देखाए तापनि लिओन स्कोलानीले अर्जेन्टिनी टिम सम्हालेयता पहिलो पटक खेलिरहेका उनले टिमलाई जीत दिलाउन सकेनन् । प्रशिक्षक स्कोलानीले पोस्टम्याच कन्फ्रेन्समा मेस्सीले कम्मरको जोर्नीमा चोट बोक्न परेको बताएका छन् । 

युरोपमा भने युरोकप क्वालिफाईका लागि खेलहरु सुरु भएका छन् । जस अन्तर्गत हिजो भएका खेलहरुमा पोर्चुगल युक्रेनसँग बराबरीमा रोकिन पुग्यो । खेलमा पोर्चुगलले केहि मौका प्राप्त गरे पनि सदुपयोग गर्न भने सकेन । जुभेन्टसमा उत्कृष्ट लयमा रहेका क्रिस्टियानो रोनाल्डोले गोल गर्न नसक्दा भने निरास देखिन्थे ।

हिजो नै भएको इङ्ग्ल्याण्ड तथा चेक रिपब्लिकको खेलमा रहिम स्ट्रलिङ्गको ह्याट्रिकको मद्दतमा इङ्ग्ल्याण्डले चेकलाई ५-०ले पराजीत गर्न सफल भयो । जसमा ह्यारी केनले एक गोल गरेका थिए भने एक गोल उपहारमा पाएको थियो ।

विश्वकप विजेता फ्रान्सले माल्दोभालाइ ४-१ गोल अन्तरले पराजीत गर्न सफल भयो । फ्युरान्वासका लागि युवा स्ट्राइकर केलियन एम्बाप्पेका साथै एन्टेनियो ग्रिजम्यान, ओलीभर गिरुड तथा राफेल भरानेले एक-एक गोल गरेका थिए ।

युरोकप क्वालिफाइका अन्य खेलहरुमा टर्की, आइसल्याण्ड, स्विडेन, आयरल्याण्ड, स्वीजरल्याण्ड र लक्जम्वर्ग बिजयी हुन सफल भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *