मौसम पूर्वानुमान : आजदेखि ३ दिनसम्म पानी पर्ने

   नयाँ दैनिक comment 0

चैत ११, काठमाडौँ । मौसम विज्ञान विभागले आजदेखि बुधबारसम्म पानी पर्ने र हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको पूर्वानुमान गरेको छ । मेडिटेरानियन सीबाट नेपाल आएको जलवाष्पयुत्त हावाका कारण सोमबार पश्चिमी क्षेत्रमा, मंगलबार देशभरी र बुधबार पूर्वी क्षेत्रमा वर्षा हुने मौसमविद्ले जनाएका छन् ।

आज देशको पश्चिमी भूभागमा र अन्य पहाडी भूभागहरुमा सामान्य देखि पूर्ण बदली रहि बाँकी भूभागहरुमा आंशिक बदली रहने र पश्चिमी भेगका केही स्थान, अन्य पहाडी भेगका केही स्थानहरुमा मेघ गर्जन सहितको वर्षा हुनेछ । चिसोका कारण उच्च पहाडी र हिमाली भेगका थोरै स्थानहरुमा सामान्य हिमपात हुन सक्ने विभागको अनुमान छ ।

मौसमविद्का अनुसार निरन्तर झरी पर्ने नभई वर्षा हुने र रोकिने क्रम हुने, हावाहुरी सहित पानी पर्नेछ ।

आज राती पनि देशको पहाडी भूभागहरुमा सामान्य देखि पूर्ण बदली रहने र पश्चिमी भेगका केहि स्थान तथा अन्य पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना रहेको विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *