मौसम सोमबारबाट सुध‍ार हुने

   नयाँ दैनिक comment 0

चैत २४, काठमाडौँ । केहिदिन देखि काठमाडौँ तथा देशका केहि भू-भागहरुमा पानी पर्ने हावाहुरी र चट्याङ्ग लाग्ने गरिरहेको छ । पश्चिमी तथा स्थानीय वायुको प्रभावले मौसममा फेरबदल भैरहेकोले अब यो क्रम सोमबारबाट नहुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केहिदिन देखि चलिरहेको पश्चिमी क्षेत्रमा पश्चिमी वायु, पूर्वी क्षेत्रमा बनेको न्यूनचापीय रेखा, बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको समिश्रणको प्रभावले देशैभरको मौसम प्रभावित भएको महाशाखाले जनाएको हो । साथै सोमबारबाट काठमाडौँ उपत्यकाको मौसम सुधार हुनेछ भने भोलि देशका पूर्वी भू–भागमा आंसिकदेखि पूर्ण बदली रही पश्चिमी पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावन रहेको बताइएको छ । 

मंगलबार पूर्वी तथा मध्य भू-भागमा आंशिक तथा सामान्य बदलि हुने र  पूर्वी तराइका केहि स्थानमा हावाहुरी चल्ने संभावना रहको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *