म्यानचेस्टर युनाइटेडको उपहार गोलमा बार्सिलोना विजयी

   नयाँ दैनिक comment 0

चैत २८, काठमाडौँ । बार्सिलोनाले च्याम्पियन्स लिगको आफ्नो पहिलो लेगमा म्यानचेस्टर युनाइटेडलाई १-० गोलले पराजित गर्न सफल भएको छ । ओर्ल्ड ट्राफोडमा भएको क्वाटरफाइनलको पहिलो लेगमा म्यानयुले बार्सिलोनालाई उपहार गोल दिएको हो ।

पिएसजीसँग सनसनिपूर्ण खेलमा कमब्याक हुदैँ च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको ओले गनरको म्यानचेस्टर युनाइटेडले बार्सिलोनालाई रोक्न हर प्रयास गरेको थियो ।

खेल सुरु भएको १२औँ मिनेटमा लुइस स्वारेजले गरेको हेडिङ्गलाई म्यानचेस्टर युनाइटेडका डिफेन्डर ल्युक शोले क्कियर गर्न खोज्दा आत्माघााती गोल भएको थियो । उक्त बेला स्वारेज अफसाइड रहेको भन्दै लाइन्समेनले फ्ल्याग ऊठाएका थिए । तर भिडियो असिस्सटेन्ट रेफ्रीको सहायतामा उक्त गोल अफसाइड  नभएको देखिँदा रेफ्रीले गोलको मान्यता दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *