म्यानचेस्टर सिटी प्रिमियर लिगको शिर्षस्थानमा उक्लियो

   नयाँ दैनिक comment 0

 

चैत २१, काठमाडौँ । प्रिमियर लिग अन्तरगत म्यानचेस्टर सिटीले कार्डिफ सिटीलाई २-० गोलअन्तरले पराजित गर्न सफल भएको छ । खेल सुरु भएको छैठौँ मिनेटमानै सिटीका केभिन डेब्रुएनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । हाफटाइम हुनु भन्दा एक मिनेट अगाडि लोरेइ सानेले गोल गरि अग्रता दोब्बर पारेसँगै सिटी जित हासिल गर्न सफल भयो ।

यो जितसँगै म्यानचेस्टर सिटी लिगको शिर्ष स्थानमा पुग्न सफल भएको छ । सिटिको ३२ खेलबाट ८० अंक भएको छ भने समान खेल खेल्दै लिभरपुल ७९ अंक सहित लिगको दोस्रो स्थानमा रहेको छ ।

हिजै भएको प्रिमियर लिगको अन्य खेलमा चेल्सीले ब्राइटनलाई ३-०ले पराजित गर्यो । इडेन हजार्ड, रुबेन लोफ्टन र ओलिभर जिरुडले समान एक-एक गोल गरि चेल्सीलाई जित दिलाएका हुन् ।

टोटनहम् हट्स्परले पनि हिजो नै भएको प्रिमियर लिगको खेलमा क्रिस्टल प्यालेसलाई २-० गोलअन्तरले पराजित गर्न सफल भयो । टोटनहमका लागि सन ह्युङ्ग मिन तथा इरिक्सनले समान एक-एक गोल गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *