यस्तो जन्तु देखेपछि भानुबासी त्रसित

   नयाँ दैनिक comment 0

पोखरा २३, दमौली । केही नगर्ला, तर वन्यजन्तु देखेपछि मान्छेमा डर पलाउँछ । अझ त्यसैमाथि बिरालोजस्तो जन्तु देखेपछि बाघ नै हो भन्ने लागिहाल्छ । अनि बनको बाघले खाला–नखाला, मनको बाघले खाइहाल्छ मान्छेलाई ।
तनहुँमा यस्तै भयो आज । बाघको बच्चाजस्तै एउटा जन्तु भानु नगरपालिकामा देखियो एकाबिहानै, ५ बजेतिर । बाङ्गेरहका बासिन्दाले यो पच्चा फेला पारेका हुन् । तर बाघकै हो वा के को बच्चा हो उनीहरुले ठम्याउन सकेनन् । तर बाघकै बच्चा हुनुपर्ने उनीहरुको अनुमान छ ।
बाघको बच्चा भएमा बाघ फेरि बच्चा लिन आउँछ र दुःख दिन्छ कि भनेर स्थानियबासी त्रसित रहेको फेसबुकमार्फत ओमकुमारी पौडेलले जानकारी दिएकी छिन् । उनले यो बच्चालाई जहाँबाट समातेको त्यहीँ लगेर छोडिदिन समेत अनुरोध गरेकी छिन् । निरन्तर निगरानी गर्न र प्रशासनलाई खबर गर्न पनि स्थानियलाई उनले सचेत गराएकी छिन् ।

केही महिनाअघि यसरी नै बाघको बच्चा चलाइदिएको कारण भानु नगरपालिकामा तीन बच्चाको बाघले ज्यान लिएको थियो । एक जना घाइते अवस्थामै छन् । त्यसपछि प्रशासनले बाघको खोजि गर्न आधुनिक खोर ल्याए पनि अहिलेसम्म बाघ खोरमा परेको छैन । आज पनि बच्चा चलाउँदा बाघले दुःख दिने हो कि भनेर स्थानिय त्रसित भएको बताइएको छ । स्रोतका अनुसार वन कार्यालयको विज्ञ टोली अनुगमनको लागि जाँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *