यी हुन् ‘ब्रुमर’ले धूलो सफा गर्ने काठमाडौँका सडकहरु

   नयाँ दैनिक comment 0

चैत १२, काठमाडौँ । इटालीबाट ल्याइएको यान्त्रिक कुचोले (ब्रुमर) आजदेखि काठमाडौँको सडकहरु सफा गर्ने भएको छ । एकसाता अघि ल्याइएको ब्रमरको मेयर विद्यासुन्दर शाक्यले आज उद्घाटन गरेपछि सरसफार्इ थालिने महानगरपालिकाले जनाएको छ ।

पाँचओटा ब्रुमरले टेकुलाइ केन्द्र बनाएर काठमाडौँ उपत्यकाका बिभिन्न पाँच ठाउँबाट सफाई थाल्ने भएको छ । युरो ४ स्टयाण्डर्डका यि ब्रुमरहरुमा पानी र धूलोका दुईवटा ट्याङ्कर हुनेछन् । धूलो टिपेपछि यसले पानी छर्केर सडक सफा राख्नेछ ।

दैनिक १० किलोमिटर सम्मको धूलो संकलन गर्न सक्ने क्षमताका यि ब्रुमरहरुमा धूलो तान्नसक्ने शक्तिशाली मेसिन जडान गरिएको छ ।

काठमाडौँको सुन्धारा, टुँडिखेल आसपास, दरबारमार्ग, बसन्तपुर, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज, बल्खु, कालिमाटी, टेकु, त्रिपुरेश्वर, थापाथली, बानेश्वर, मध्यबानेश्वर, पुरानोबानेश्वर, सिंहदरबार, भद्रकाली, पुतलीसडक, हात्तिसार, ज्ञानेश्वर, मैतिदेवी, सिनामंगल, तिनकुने, एयरपोर्ट लगायतका सडकहरुमा यि ब्रुमरहरुको प्रयोग हुने महानगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *