युरोकप छनोटमा जर्मनीद्वारा नेदरल्याण्ड पराजित

   नयाँ दैनिक comment 0

चैत ११, काठमाडौँ । युरोकप छनोट ग्रुप सि अन्तर्गत भएको प्रतिस्पर्धात्मक खेलमा नेदरल्याण्ड आफ्नै होममा जर्मनीबाट पराजित भएको छ ।
निको सुल्जको पासमा म्यानचेस्टर सिटीबाट व्यवसायिक फुटबल खेल्ने लोरेई सानेले खेल सुरु भएको १५ औँ मिनेटमा पहिलो गोलमार्फत जर्मनीलाई अग्रता दिलाए भने ३४औँ मिनेटमा सर्गि न्यार्बीले जर्मनीको लागि गोल गर्दै २-० को स्थितिमा पुर्याए ।

दोस्रो हाफको सुरुवातबाटै आक्रमक खेल खेलेको नेदरल्याण्डले ४८औँ मिनेटमा मेम्फिस डिपेको पासमा डे लाइटले गोल गर्दै खेलमा फर्कने संभावना देखायो । नेदरल्याण्ड ६३औँ मिनेटमा मेम्फिस डिपेको गोल मार्फत जर्मनीसँग अग्रता बराबर गर्न सफल भए पनि खेलको अन्तिम मेनेटमा निको सुल्जले गोल गर्दै जर्मनीलाइ जित दिलाउन सफल भए ।

हिजो नै भएको अन्य खेलहरुमा नर्दन आयरल्याण्ड, हंगेरी, इजरायल, पोल्याण्ड र वेल्जियमले जित दर्ता गरेका छन् ।

तस्विर : गुगलबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *