युरोकप छनोटमा रोनाल्डो घाइते

   नयाँ दैनिक comment 0

चैत १२, काठमाडौँ । युरोकप छनोट अन्तर्गत गएराति भएको खेलमा पोर्चुगलले सर्बियासँग १–१ गोलको बराबरी खेलेको छ । खेलको ३०औँ मिनेटमा नै पोर्चुगलले आफ्ना कप्तान क्रिस्टियानो रोनाल्डोलाइ ईन्जुरी सहित मैदानबाट बाहिर पठाउन बाध्य भएको थियो । उनलाई ह्यामस्ट्रिङ्ग ईन्जुरी भएको बताइएको छ ।

उक्त इन्जुरीलाई लिएर आफ्ना शुभचिन्तकहरुलाइ चिन्तित नहुन पनि जुभेन्टस स्टार रोनाल्डोले आग्रह गरेको जनाइएको छ । उक्त खेलमा सर्बियाले ७ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै खेलमा अग्रता लिएको थियो भने पोर्चुगलका तर्फबाट डानिलो पेरेराले ४२औँ मिनेटमा गोल गर्दै खेललाइ बराबरी गरेका थिए । दुवै टोलिबाट दोस्रो हाफमा कुनै पनि गोल नहुदा खेल बराबरीमा टुङ्गियो ।

युरोकपक छनोटमा समूह एचमा रहेको विश्वविजेता फ्रान्सले उत्कृष्ट जित निकालेको छ । आइसल्याण्डसँग भएको खेलमा फ्रान्सको तर्फबाट १२औँ मिनेटमा केलियन एम्बाप्पेको असिस्टमा स्यामुअल उम्टिटीले गोल गर्दै अग्रता दिलाए भने ओलीभर जिरुड, एन्टोइन ग्रिजम्यान र केलिएन एम्बाप्पेले १–१ गोल गर्दै ४-०को जित निकाल्न फ्रान्स सफल भयो ।

ग्रुप ए अन्तरगतको खेलमा इङ्ग्ल्याण्डले मोन्टेनेग्रोलाई ५-१ गोल अन्तरले पराजित गर्न सफल भएको छ । माइकेल केनको गोलसँगै रोज बार्कलीको दुई गोल र कप्तान ह्यारी केन तथा अघिल्लो खेलमा ह्याट्रिक गरेका स्ट्रलिङ्गले एक गोल गरेपछि ५ गोल गर्न सफल भएको इङ्ग्ल्याण्डसँग मोन्टेनेग्रोले मार्को भेसेभिकको पहिलो गोलसँगै अग्रता लिए पनि अग्रता जोगाउन सकेन ।

युरोकप छनोटका अन्य खेलहरुमा युक्रेनले लग्जम्वर्गलाइ २-१ले, टर्कीले माल्डोभालाइ ४-०ले, अल्वानीयाले एण्डोरालाइ ३-० गोल अन्तरले पराजित गर्न सफल भयो भने कोसोभो र बुल्गेरियाको खेल १-१ गोलको बराबरीमा टुङ्गिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *