युरोपा लिग : आर्सनल र चेल्सीको जित

   नयाँ दैनिक comment 0

चैत २९, काठमाडौँ । युरोपा लिगको पहिलो लेगमा प्रिमियर लिग टोली आर्सनल र चेल्सीले जित निकाल्न सफल भएका छन् ।

हिजो राती भएको खेलमा आर्सनलले इटालीको नापोलीलाई २-० गोल अन्तरले पराजित गरेको हो । इमिरेटस स्टेडियममा भएको खेलमा आर्सनलका आरोन राम्सेले एक गोल गरेका थिए भने एक गोल उपहारमा प्राप्त गरेको थियो ।

युरोपा लिगकै अर्को खेलमा चेल्सीले स्लाभिया प्रागलाई १-० गोलले पराजित गरेको छ । चेल्सीलाई जित दिलाउन मार्कोस एलोन्सोले गोल गरेका थिए ।

पोर्चुगिज क्लब बेनिफिकाले जर्मन क्लब फ्य्राङ्कफर्टलाई ४-२ गोल अन्तरले पराजित गर्दा दुई स्पेनिस क्लबको भिडन्तमा भने भ्यालेन्सियाले भिल्लारियललाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *