रणवीर : नेपाली चलचित्रमा ‘ब्रेकथ्रु’

रुकुमका कृष्ण ओली र रुपा पनि चलचित्र हेर्न कुमारी हल पुगे
   नयाँ दैनिक comment 0

माघ १८, काठमाडौँ । नेपाली चलचित्र ‘रणवीर’ आजबाट देशका सबै सिनेमा हलमा लाग्न लागेको छ । दिपेन्द्र रेग्मी र गोमा बिष्ट थापाले संयुक्त निर्माण गरेको सो चलचित्रको माघ १७ गते काठमाडौँको कुमारी सिनेमा हलमा ‘प्रिमियर सो’ भएको थियो । चलचित्र हेरिसकेपछि अधिकांस दर्शकहरुले चलचित्रले साउथ फिल्मकै झल्को दिएको बताएका थिए ।

नेपाली फिल्मले प्रगति गर्न सकेन भनेर आलोचना खेपिरहेको बेला नयाँ फिल्म ‘रणवीर’ ले ‘ब्रेकथ्रु’ गरेको देखिएको छ । कथावस्तु, अभिनय र निर्देशनको ताल फिल्ममा मिलेको छ । कथाभन्दा चलचित्रको प्रस्तुति दमदार रहेको छ । चलचित्रको लेखन र निर्देशन गोविन्द सिंह भण्डारीले गरेका हुन् । प्राची फिल्म्सले ल्याएको रणवीरमा प्रेम पीडा व्यक्त छ ।

‘प्रिमियर सो’ हेर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, कलाकार दिपकराज गिरी, सरोज खनाललगायत रणवीरका अधिकांस कलाकार पुगेका थिए । अनेरास्ववियुका उपाध्यक्ष रश्मी आचार्य, अखिल (क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेत लगायतका नेताहरु पनि सहभागी थिए । करेन्ट लागेर हातखुट्टा गुमाएका रुकुमका कृष्ण ओली र दिपाले पनि अगाडिको ‘रो’मा बसेर चलचित्र हेरेका थिए । उनीहरुले रणवीर हेर्दा नेपाली चलचित्रले पनि फड्को मारिसकेको अनुभूति भएको बताए ।

महङ्गो लगानीमा निर्माण गरिएको सो चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको एक्सन, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ । चलचित्रको काठमाडौँ, धनगढी, महेन्द्रनगर, डढेलधुरामा सुटिङ रहेको छ ।

कलाकार सुशील सिटौला र शुभेच्छा खड्काले चलचित्रमा बेजोड अभिनय गरेका छन् । सिटौलाले होस्टेल चलचित्रबाट दर्शकको मन जितिसकेका थिए भने सन् २०१२ को मिस इन्टरनेशनल नेपालको विजेता शुभेच्छाले पनि सिटौलालाई राम्रो साथ दिएकी छिन् ।

चलचित्रमा प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, टिका पहाडी, हरिहर शर्मा, रबि गिरी, भोलाराज सापकोटा, जीवन भट्टराई, सुशान्त गौतम, अमित श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *