रविन्द्रलाई सम्झिँदै खगराजले भने– ‘हामी टुहुरा भयौँ, तपाईंको अभाव सधैँ खड्किरहने छ’

   नयाँ दैनिक comment 0

फाल्गुण १८, काठमाडौँ । नेकपाका नेता खगराज अधिकारीले नेता रविन्द्र अधिकारीको निधनले टुहुरो भएको भन्दै दुःख व्यक्त गरेका छन् । पर्यटनमन्त्री रविन्द्रको हेलिकोप्टर दुर्घटनाबाट गत बुधबार निधन भएपछि हिजो पोखराको रामघाटमा अन्तिम दाहसंस्कार भएको थियो । दाहसंस्कारमा सहभागी भएका नेता खगराजले आज बिहान फेसबुक मार्फत यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

पूर्वमन्त्री खगराजले लेखेका छन्, ‘प्यारो मित्र रविन्द्र विकासका स्वप्नाद्रस्टा, सबैका प्रिय राजनीतिका उत्कृस्ट व्यक्तित्व प्रतिनिधिसभामा जीवनमा पहिलोपटक सगै काम गर्ने अवसरवाट लाभान्वित भएका हामीहरू एक किसिमले टुहुरा भएका छौ, तपाइको अभाव सधै खड्किरहने छ।’
कास्की निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद समेत रहेका नेता खगराजले रविन्द्र अधिकारीका अधुरा सपना पूरा गर्ने संकल्प समेत गरेका छन् । भावपूर्ण श्रद्धाञ्जली सहित उनले लेखेका छन्, ‘तपाइका अधुरा सपना पूरा गर्ने सकल्प गर्दछौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *