रविन्द्र अधिकारीले बोलाए पत्रकार, राजीनामा दिन सक्ने

सचिव र निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई निलम्बन सिफारिस गर्ने तयारी
   नयाँ दैनिक comment 0

पुस २२, काठमाडौँ । पर्यटनमन्त्री रविन्द्र अधिकारीले आकस्मिक रुपमा पत्रकार सम्मेलनको आयोजना गरेका छन् । ‘वाइडबडी’ कारण आलोचित बनिरहेका अधिकारीले भोलि सोमबार बिहान १० बजे पत्रकार सम्मेलनको आयोजना गरेका हुन् । वाइडबडीबारे उठेका विषयको जानकारी दिन मन्त्रीसहित सचिव र सम्बद्ध अधिकारी पनि उपस्थित हुने पर्यटन मन्त्रालयले जनाएको छ ।
पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले राजीनामा घोषणा गर्ने सम्भावना रहेको स्रोतले बताएको छ । राजीनामा दिनेबारे प्रधानमन्त्री ओलीसँग समेत परामर्शमा रहेको स्रोतको भनाई छ । नेकपा स्रोतका अनुसार नैतिक अप्ठेरोमा परेकाले पहिले नै राजीनामा दिन लागेका हुन् । सोमबार नै ११ बजे सार्वजनिक लेखा समिति बैठक रहेको र सो बैठकमा मन्त्रीलाई कारवाही तथा सचिव र निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई निलम्बन सिफारिस गर्ने तयारी रहेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *