राजपाले आज पनि संसद अवरोध गर्यो

   नयाँ दैनिक comment 0

चैत ४, काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा)ले सोमबारको संसद बैठक पनि अबरुद्ध गरेको छ । कैलालीको टिकापुर लगायत तराई मधेशमा भएका आन्दोलनको छानबिन उचित तरिकाले गर्नु पर्ने र न्यायाधीश गिरिशचन्द्रलाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले सदन अवरोध गरेको हो ।

सांसद अनिल कुमार झाले उक्त प्रतिवेदन सार्वजनिक भएमा मधेस आन्दोलन र थरुहट आन्दोलनमा कसले कति गल्ती गरे, कसले कति ज्यादती गर्‍यो भन्ने विषय सार्वजनिक हुने बताए । सरकारले प्रतिवेदन लुकाएर सत्य लुकाउन खोजेको झाले आरोप लगाए ।

यो सँगै राजपाले गिरीशचन्द्रलाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसद अवरुद्ध गरेको चौँथो पटक हो । राजपा नेपालका सांसदहरु सिटबाट उठिर बिरोध गरेपछि सभामुख कृष्णबहादुर महराले बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *