रामपुर कृषि क्याम्पसमा अन्तरकलेज स्तरीय फुटबल प्रतियोगिता हुने

   नयाँ दैनिक comment 0

चैत ११, काठमाडौँ । कृषि तथा वन विज्ञान विश्वविद्यालय,रामपुर चितवनमा अन्तर कलेज स्तरिय नकाआउट फुटबल प्रतियोगिता हुने भएको छ । अखिल (क्रान्तिकारी) विश्वविद्यालय समितिले सहिदहरुको सम्मान तथा श्रद्धाञ्जली कार्यक्रमको रुपमा चितवन जिल्ला तथा बाहिरका कलेजहरुले भाग लिन पाउने गरि प्रतियोगिताको आयोजना गरेको हो ।

चैत्र १२ गतेबाट सहिदहरु मित्रमणी आचार्य, मुकुन्द न्यौपाने र राम बहादुर खड्काको स्मृतिमा ‘मिमुरा कप २०७५ अन्तरकलेज स्तरिय नकआउट फुटबल प्रतियोगिता’को आयोजना गरिएको अखिल (क्रान्तिकारी) रामपुरका अध्यक्ष विवेक पौडेलले जानकारी दिए ।

चैत्र १२ गतेदेखि १९ गतेसम्म चल्ने सो प्रतियोगितामा प्रथम हुने कलेजले रु ५५,५५५ (पाँच हजार पाँच सय पचपन्न) र द्धितिय हुने कलेजले रु ३३,३३३ (तेत्तीस हजार तीन सय तेत्तीस) नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाइ पनि ट्रफि प्रदान गरिने आयोजकले बताएको छ ।

नेता नगेन्द्र दाहालका अनुसारप्रतियोगितामा १६ कलेजले सहभागिता जनाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *