रियल म्याड्रिड फेरी पराजित

   नयाँ दैनिक comment 0

चैत २१,काठमाडौँ । स्पेनिस क्लव रियल म्याड्रिड गएराति भएको ला-लिगाको खेलमा भ्यालेन्सियासँग पराजित भएको छ । जिनेदिन जिदानेले व्यवस्थापकको जिम्मेवारी पुनः सम्हालेपछि रियल म्याड्रिडले राम्रो लय लिने अपेक्षा गरिएको थियो । यद्दपि जिदानेले रियललाई हारबाट जोगाउन भने सकेनन् ।

इस्टियाडो मेस्टल्लामा भएको खेलमा ३५औँ मिनेटमा गोन्सालो गुइडेसको गोलबाट भ्यालेन्सियाले अग्रता लिएको थियो भने ८३ मिनेटमा एजक्वेल गारेले गोल गर्दै भ्यालेन्सिया अग्रता दोब्बर पार्न सफल भयो  । रियल म्याड्रिडले ९० मिनेटमा करिम बेन्जेमाको गोलबाट खेलमा फर्कने संभावना देखाए पनि हारबाट जोगिन भने सकेन ।

हिजो भएको अन्य खेलमा एथलेटिको विलवाओले लेभान्टेलाई ३-२ गोल अन्तरले, आइबारले रायो भल्कानोलाई २-१ गोल अन्तरले पराजित गर्यो भने हुएसा र सेल्टाभिगोले बराबरी खेलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *