रुपाको शिवालय माविमा भुपू विद्यार्थी मञ्च गठन, अध्यक्षमा सुवेदी

   नयाँ दैनिक comment 0

माघ ८, पोखरा । रुपा गाउँपालिकाको शिवालय माध्यमिक विद्यालयमा भुपू विद्यार्थी मञ्च गठन भएको छ । साविक थुम्की गाविसको सो विद्यालयमा शनिबार भएको भेलाले राजन सुवेदीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

समितिको उपाध्यक्ष शिवराज सुवेदी , सचिव पोस्टराज सुवेदी, सहसचिव कृष्ण सुवेदी ओझा र कोषाध्यक्ष प्रदिप सुनाम रहेका छन् । ऋषिराम ओझा, उदय ओझा, भगवान ओझा र आशिष ओझा सदस्यमा चयन भएको अध्यक्ष राजनले जानकारी दिए ।

मञ्चको सल्लाहकार समितिमा नेपाल सरकारका पूर्वमुख्यसचिव सोमलाल सुवेदी, डा.रामनाथ ओझा, डा.नारायण ओझा , इ.झलकमोहन ओझा र रोशनलाल गुरुङलाई मनोनित गरिएको बताइएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलवहादुर रानाको अध्यक्षता सम्पन्न सो कार्यक्रमको संयोजन प्रधानाध्यापक रुपिन्द्र प्रभावीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *