रेवान पोखराको कार्यालयमा ताला लगाइयो

   नयाँ दैनिक comment 0

माघ २३, पोखरा । रेवान पोखराको कार्यालयमा ताला लगाइएको छ । अखिल नेपाल होटल व्यवसायी तथा रेष्टुरा मजदुर संघ, नेपाल स्वतन्त्र होटल व्यवसायी तथा रेष्टुरा मदजुर युनियन र नेपाल होटल तथा पर्यटन सम्बद्ध श्रमिक संघले संयुक्त रुपमा कार्यालयमा ताला लगाएका हुन् ।

रेवानले गरेको सेवा शुल्क खारेजी सम्बन्धिको निर्णय फिर्ता नलिएसम्म, नेपाल सरकारले दिएको न्युनतम वेतन लागु नगरेसम्म र श्रम ऐन पूर्ण रुपमा कार्यान्वयन नगरेसम्म ताला नखुल्ने आन्दोलनरत संगठनले जनाएका छन् ।

जबर्जस्त ताला खोलिएमा परिणाम राम्रो नआउने समेत उनीहरुले चितावनी दिएका छन् । कालो व्यानरमा माग समेत लेखेर उनीहरुले गेटमै टाँगेका छन् । हिजोबाट देशैभर हड्ताल गर्ने आन्दोलनरत संगठनका घोषित कार्यक्रम हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *