‘लिची टेक्नोलोजी’का ग्राहकले बीमा सुविधा पाउने

   नयाँ दैनिक comment 0

माघ २५, काठमाडौँ । ‘लिची टेक्नोलोजी’का ग्राहकले अब बीमा सुविधा पाउने भएका छन् ।  लिचि टेक्नोलोजी प्राइभेट लिमिटेडको नयाँ योजना अन्तर्गत चुकल डट कमसँग सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको हो ।

बुधबार आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक श्री महेश राज खरेल र लिचि टेक्नोलोजीका अध्यक्ष शिवन्यौपानेले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सहमतिसँगै लिचि टेक्नोलोजीका ग्राहकहरूले अजोड इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने निर्जिवन बीमा अन्तर्गत सामूहिक दुर्घटना बीमा र अन्य सुविधा लिचि टेक्नोलोजीका सबै ग्राहकहरुले प्राप्त गर्न सक्ने लिची टेक्नोलोजीले बताएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *