लिभरपुलद्वारा चेल्सी पराजित

म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई पराजित गर्‍यो
   नयाँ दैनिक comment 0

वैसाख २, काठमाडौँ । प्रिमियर लिग फुटबलमा हिजो लिग लिडर लिभरपुलले लिगको चौथो स्थानको चेल्सीलाई २-० गोलले पराजित गरेको छ । साडियो माने तथा मोहम्मद सलाहको उत्कृष्ट गोलमा लिभरपुलले चेल्सीलाई पराजित गर्न सफल भएको हो । 

दोस्रो हाफको ५१औँ मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । त्यसको २ मिनेटमानै मोहम्मद सलाहले लिभरपुलका लागि दोस्रो गोल गरि खेल २-० को अन्तरमा पुर्‍याउन सफल भए । दोस्रो हाफमा दुवै टोलीबाट कुनै गोल हुन नसक्दा लिभरपुलले चेल्सीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

प्रिमियर लिगकै अर्को खेलमा लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-१ले पराजित गरि लिभरपुसँग अंक छोट्‌याएको छ । म्यानसिटीका लागि रहिम स्ट्रलिङ्गले २ गोल तथा ग्राबियल जेससले एक गोल गरेका थिए भने क्रिस्टल प्यालेसबाट लिका मिलिभोजेभिकले एक गोल फर्काएका थिए ।

परिमियर लिग टेबलमा ३३ खेलबाट ८३ अंक सहित म्यानसिटी दोस्रोमा छ भने ३४ खेलबाट लिभरपुलको ८५ अंक छ । 

लिगको उत्तरार्धमा रोमान्चक प्रतिस्पर्धा चलिरहेको छ । यो सिजन लिगमा लिभरपुल र म्यानचेस्टर सिटीको दवदवा कायम छ । कस्ले लिग जित्ला भनेर अनुमान गर्ने बेला नभए पनि लिभरपुल र म्यानचेस्टे सिटीमध्ये एकले लिग जित्नेमा लगभग अनुमान लगाउन सकिन्छ ।

हिजोको हारले चेल्सीलाई लिग जित्नबाट रोकेको छ । यतिमात्र होइन चेल्सीले च्याम्पियन्स लिगमा छनोट हुन पनि संघर्ष गर्नु पर्ने हुन्छ । ३४ खेलबाट ६६ अंक बटुलेको चेल्सीको भन्दा ३३ खेलबाट ६४ अंक बटुलेको म्यानचेस्टर युनाइटेडको २ अंक कम छ । साथै ३२ केलबाट ६३ अंक भइएको आर्सनल पनि च्याम्पियन्स लिगको छनोटको लागी संघर्षरत छ । यदि म्यानचेस्टर ययुनाइटेड र आर्सनलले लिगका बाँकी खेल जितेमा चेल्सीको च्याम्पियन्स लिग खेल्ने बाटो बन्द हुने लगभग पक्का छ । ३३ खेल खेल्दै ६७ अंक  बटुलेको टोटनह्यामले पनि बाकी खेल जितेमा म्यानचेस्टर युनाइटेड, चेल्सी र आर्सनलमध्ये एउटाले मात्र च्याम्पियन्स लिगका लागि छनोट हुन पाउनेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *