लिभरपुल शिर्षस्थानमा उक्लियो

रियलको संघर्षपूर्ण जित
   नयाँ दैनिक comment 0

चैत २४, काठमाडौँ । प्रिमियर लिग फुटवलमा लिभरपुल फेरी शिर्षस्थानमा पुगेको छ । हिजो भएको खेलमा साउथह्याम्पटनलाई ३-१ गोल अन्तरले पराजित गर्दै लिभरपुल म्यानचेस्टर सिटीभन्दा २ अंक माथी रहँदै शिर्षमा पुगेको हो । सेन्ट म्यारी स्टेडियममा भएको खेलमा नावी केइटा, मोहम्मद सलाह र जेम्स हेण्डरसनले लिभरपुलका लागी गोल गरेका थिए । साउथह्याम्पटनबाट भएको एकमात्र गोल भने साने लङ्गले गरेका थिए ।

प्रिमियर लिगकै अन्य खेलहरुमा ब्रेडन रोजर्सको लेस्टर सिटीले हडस्फिल टाउनलाई ४-१ ले पाराजित गर्न सफल भयो ।हडस्फिल टाउन यो सिजन प्रिमियर लिगबाट रेलिगेसनमा पर्ने पक्का भैसकेको छ । त्यस्तै बर्नलिले एएफसी बर्नामाउथलाई ३-१ गोल अन्तरले तथा क्रिस्टल प्यालेसले न्युक्यासल युनाइटेडलाई १-० गोल अन्तरले पराजित गरेका छन् ।

एफ ए कप

एफए कपको अन्तरगत म्यानचेस्टर सिटीले वैम्बली रंगसालामा भएको खेलमा ब्राइटन बिरुद्ध  १-०को जित दर्ता गर्यो । सिटीलाई जित दिलाउन खेलको चौथो मिनेटमा केभिन डे ब्रुयनको सहयोगगमा ग्राबियल जेससको एकमात्र गोल काफि भयो ।  यो जितसँगै सिटी एफए कपको फाइनलमा पुगेको छ ।

 

 

 

ला-लिगा 

सपेनिस ला-लिगामा रियल म्याड्रिडले आइबारसँगको खेलमा संघर्षपूर्ण जित निकाल्न सफल भएको छ । जिनेदिन जिदानेको पआगमनसँगै रियलले आफ्नो पुरानो खेल शैलीलाई निरन्तरता दिन खोजे पनि पहिलो हाफमा मार्को  कार्डोनाले आइबाारका लगि ३९ मिनेटमा गोल गर्दै अग्रता दिलाए । यद्दपि दोस्रो हाफमा रियल म्याड्रिड कमब्याक भयो भने उसका लागि करिम बेन्जेमाले २ गोल गरि रियललाइ जिताउन सफल भए ।  

त्यस्तै लिगको शिर्षस्थानको बार्सिलोनाले लिगको दोस्रो सथानमा भएको एटलेटिको म्याड्रिडलाई २-०ले पराजित गरेको छ । बार्सिलोनाका लागि स्वारेज तथा लियोनेल मेस्सीले गोल गरेका हुन् । लिगको ३१ खेल सकिदा बार्सिलोना ७३ अंकका साथ शिर्षस्थानमा छ भने एटलेटिको म्याड्रिडको ६२ अंक छ । त्यस्तै समान खेल खेलेको रियल म्याड्रिडको ६० अंक छ ।

ला-लिगा अन्तरगत भएका अन्य खेलहरुमा रायो भलक्यानोले भ्यालेन्सियालाई २-० गोल अन्तरले तथा स्पानियोलले गिरुनालाई २-१ पराजित गरेको छ ।

सिरी-ए

इटालियन सिरी एमा लिगको शिर्षस्थानमा रहेको जुभेन्टसले एसी मिलानलाई २-१ गोल अन्तरले पराजित गर्न सफल भयो । क्रिस्टियानो रोनाल्डो बिना मैदानमा उत्रिएको जुभेन्टसका लागि पाउलो डेबाला तथा मोइसा केइनले गोल गरेका थिए भने मिलानका लागि पाएटेकले गोल गरेका थिए । त्यस्तै पर्मा र टोरिनोको खेल बराबरीमा टुङ्गिएको थियो ।

बुण्डेसलिगा

 

बुण्डेसलिगाको सुरुवाति चरणबाटै लिगको शिर्षस्थानमा रहेको बुरुसिया डर्टमण्डलाई ५-० को फराकिलो गोल अन्तरले पराजित गर्दै बाएर्न म्युनिख बुण्डेसलिगाको शिर्षस्थानमा पुग्न सफल भएको  छ । बाएर्नका लागि र्रोवर्ट लेवेण्डोस्कीको २ गोल तथा म्याट ह्युमेल्स, जाभि मार्टिनेज र सर्गे न्याब्रीले समान १-१ गोल गरेका थिए ।

बुण्डेसलिगाकै अन्य खेलहरुमा मेन्ज, लजेनबलस्पोर्ट लेइपजिग, फ्राङ्कफर्ट, फोर्च्युना डसेलड्रफ तथा उल्फ्सबर्गले जित निकाल्न सफल भएका छन् भने स्टुटगार्ड र नुर्मबर्गले बराबरी खेलका छन् ।

-फोटो गुगलबाट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *