लुक्लामा विमान दुर्घटना, ४ जनाको मृत्यु

   नयाँ दैनिक comment 0

बैशाख १, काठमाडौँ । सोलुखुम्वुको लुक्लामा हवाइजहाज र हेललिकप्टर ठोकिँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ । मनाङ एअरको हेलिकोप्टर र समिट एअरको नाइन एन ए एम एच जहाज एक आपसमा ठोक्किँदा ४जनाको घटनास्थलमै ज्यान गएको छ । मनाङ एअरका चालक, समिट एअरका कोपाईलट र विमान सुरक्षामा खटिएका २ जना सुरक्षाकर्मीको घटनास्थलमै मृत्यु भएको हो ।

उनीहरुमध्ये समिट एअरका को-पाईलट एस ढुंगाना र प्रहरी असई रामबहादुर खड्काको शव पहिचान भएको छ । अन्य २ जनाको पहिचान हुन बाँकी रहेको लुक्ला विमान स्थलले जनाएको छ । विमानस्थलका अनुसार विमान धावनमार्गबाट चिप्लीएर हेलिप्याड तिर जाँदा ठोक्किन पुगेको हो । 

त्यस्तै विमानस्थल सुरक्षार्थ खटिएका नेपाल प्रहरीका दुई असई सहित ४ जनाको ज्यान गएको भनिएपनि पुरा विवरण आई नसकेको सोलुखुम्बु प्रहरीले जनाएको छ । 

दुर्घटनाआईतबार विहान साढे ९ बजे भएको हो । दुर्घटनामा घाईते भएका समिट एअरका को पाईलट र एयर होस्टेज सहित तीन जना घाईतेलाई श्रीएअरको हेलिकोप्टर मार्फत उपचारका लागि काठमाडौं पठाईएको छ । यात्रुहरु भने सकुसल रहेको प्रहरीले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *