‘लेखनाथ पत्रकारिता पुरस्कार’ अधिकारीलाई

   नयाँ दैनिक comment 0

पुस १३, लेखनाथ । कान्तिपुर टेलिभिजनमा सक्रिय पत्रकार बसन्तराज अधिकारीले लेखनाथ पत्रकारिता पुरस्कार पाउने भएका छन् । सो पुरस्कार लेखनाथ पत्रकार मञ्चले प्रत्येक वर्ष एक जना सक्रिय पत्रकारलाई प्रदान गर्ने गरेको छ । पुरस्कार छनोट समितिको बिहीबार बसेको बैठकले कान्तिपुर टेलिभिजनका गण्डकी प्रदेश ब्युरो प्रमुख अधिकारीलाई यो वर्षको पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । अधिकारीले १२ वर्ष पहिले कान्तिपुर टेलिभिजनबाटै पत्रकारिता सुरु गरेर निरन्तर पत्रकारितामै सक्रियता जनाइरहेका छन् ।

मञ्चका सल्लाहकार भरतप्रसाद तिवारी संयोजकत्वमा पुरस्कार छनोट समिति बनेको थियो । समितिमा मञ्चका अध्यक्ष भिमपाणी बराल, पोखरा महानगरपालिका प्रतिनिधि राममणि अधिकारी, लेखनाथ उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी र मञ्चका कोषाध्यक्ष सन्दीप पौडेल पनि रहेको बताइएको छ । कविशिरोमणि लेखनाथ पौडेलको १३५ औं जन्मजयन्तीको मुल समारोहमा सो पुरस्कार प्रदान गरिने छ । पुस १५ गते प्रदान गरिने  सो पुरस्कारको राशि रु ११ हजार एक सय ११ दोसल्ला र सम्मान पत्र रहेको मञ्चले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *