लोकदोहारी गायिका ‘शान्ति श्री’ दुर्घटनामा परि घाइते

   नयाँ दैनिक comment 0

माघ २, काठमाडौँ । लोकदोहोरी गायिका शान्ति श्री परियार कार दुर्घटनामा परेर घाईते भएकी छन्। पश्चिमबाट नारायणगणतर्फ आउँदै गर्दा हिजो राती कपिलबस्तुको गोरुसिङ्गेमा उनको कार दुर्घटना भएको हो । नेपालगञ्जको सांस्कृतिक कार्यक्रममा सकेर लमजुङको कार्यक्रमका लागि जाने क्रममा कपिलबस्तुको गोरुसिङ्गेमा आइपुगेपछि उनी सवार कार सडकबाट भित्तामा ठोकिएको प्रहरीले जनाएको छ। गायिका परियारको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ ।

विभिन्न लोक तथा दोहोरी गीतहरूमा स्वर दिएकी परियार पछिल्लो समय निकै व्यस्त छिन्। उनको स्वरको पछिल्लो गीत बोल माया युट्युबमा करिब एक करोडले हेरिसकेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *