वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठ रहेनन्

   नयाँ दैनिक comment 0

बैशाख ४ काठमाडौँ । कामना न्युज पब्लिकेसनका प्रधानसम्पादक तथा वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको उपचारका क्रममा बुधबार काठमाडौँको नर्भिक अस्पतालमा निधन भएको छ ।

६० वर्षीय पत्रकार श्रेष्ठ कामना न्युज पब्लिकेसन्स र नेपाल मिडिया सोसाइटीका संस्थापक अध्यक्ष थिए। उनले न्यूनतम पारिश्रमिक निर्धारण समिति, राष्ट्रिय समाचार समिति (रासस), नेपाल प्रेस इन्स्टिच्युट, सम्पादक समाज नेपाल, नेपाल प्रेस क्लब, प्रेस काउन्सिल नेपालमा कार्यकारी सदस्यका रुपमा समेत योगदान दिएका थिए ।

मृतक श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ । श्रेष्ठका श्रीमती र तीन छोरा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *