‘वाइडबडी प्रकरण’मा फेरि बयान लिने तयारी

   नयाँ दैनिक comment 0

फाल्गुण ६, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी खरिद प्रकरणमा जोडिएका पदाधिकारी तथा कर्मचारीसँग बयान लिने तयारी गरेको छ ।

संसदको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमले दुइटा वाइडबडी विमान किन्दा चार अर्ब ३५ करोड घोटाला भएको निष्कर्ष निकाल्दै छानबिन गर्न अख्तियारलाई निर्देशन दिएको थियो । सोहीअनुसार आयोगले एक महिनादेखि विस्तृत छानबिन गरिरहेको छ ।

आयोगका एक अधिकारीका अनुसार अख्तियाले सहसचिवको नेतृत्वमा तीन सदस्यीय समुह गठन गरेर विस्तृत अध्ययन गरिरहेको छ । एक महिनाको अवधिमा निगमले पठाएको कागजपत्र अध्ययन गरिसकेको छ । निगमबाट थप कागजपत्र र निगमबाहेकका अन्य निकायबाट पनि प्राविधिक जानकारी माग गरेको छ ।

योसँगै आयोगले वाइडबडी प्रकरणमा जोडिएको पदाधिकारी तथा कर्मचारीको बयान लिने तयारी गरिरहेको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *