वाइसियलका नेताको निचोड : ‘विप्लवमाथिको प्रतिवन्ध राष्ट्रलाई नै असफल बनाउने षड्यन्त्र’

   नयाँ दैनिक comment 0

फाल्गुण २९, पोखरा । वाइसियल नेपालका केन्द्रीय उपाध्यक्ष सुमन देवकोटाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीमाथि लगाइएको प्रतिवन्ध राष्ट्रलाई नै असफल बनाउने षड्यन्त्र भएको निष्कर्ष निकालेका छन् । जनयुद्धको समयको आफ्नो तस्विर समेत फेसबुकमा राख्दै देवकोटाले बुधबार बिहान लेखेका छन्, ‘नेकपा (विप्लव समुह) माथिको प्रतिबन्धले समग्र राष्ट्रलाई नै असफल बनाउने षड्यन्त्र हो ।’

सरकारले कम्तिमा राष्ट्रद्रोही सिके राउत र राजनैतिक एजेन्डा बोकेको विप्लव समूहको त पहिचान गर्न सक्नुपर्ने समेत उनले बताएका छन् । फेसबुकमार्फत नै उनले सरकारलाई सुझाएका छन्, ‘तरिका गलत भए वार्तामा बोलाएर सच्याउने हो उत्तेजित बनाई धकेल्ने होइन ।’ कम्युनिस्ट सरकार पार्टीले चलाउनुपर्ने भन्दै तुरुन्त निर्णय सच्याउन उनले पार्टीसँग जोडदार माग समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *