‘वामदेवको फरक मत होइन’

   नयाँ दैनिक comment 0

पुस ८, काठमाडौँ । गण्डकी प्रदेशका अर्थ तथा योजनामन्त्री एवं नेकपा स्थायी समिति सदस्य किरण गुरुङले स्थायी समिति बैठकमा सरकारबारे नेताहरुले आलोचना नगरेको स्पष्ट पारेका छन् । राजधानीमा शनिबार आयोजित साक्षात्कारमा बोल्दै गुरुङले जारी स्थायी समिति बैठकमा बोल्ने नेताले सरकार असफल भयो भनेर टिप्पणी वा आरोप नलगाएको जिकिर गरे ।

‘बैठकमा कोही पनि नेताले सरकार असफल भयो भनेर बोल्नुभएको छैन’ उनले भने, ‘तर, सरकार र पार्टी दुवैको कामबारे नेताले सुझाव दिनुभएको छ । सरकारका काममा सुधार गर्नको लागि जोड दिनुभएको छ ।’

नेता वामदेव गौतमले बैठकमा सुझाव र आफ्नो विचारका रुपमा कुरा राखेको स्पष्ट पारे । ‘उहाँको सुझावमात्रै हो तर बाहिर फरक मत भनेर आयो । उहाँले पेश गरेको सुझाव हो, तर फरकमत होइन’, उनले भने । नेताहरुले कुनै आग्रह वा पूर्वाग्रह नपालेको पनि जिकिर गरे । आगामी दिन पार्टीलाई एक ढिक्का बनाएर लैजानेमा नेताहरुले जोड दिएको गुरुङले सुनाएको राजधानी दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *