‘वायुसेवा निगमलाई डुवाउने खेल भयो, जिम्मेवारीबाट भाग्ने कुरै आउँदैन’

अनुमान र पूर्वाग्रहका आधारमा वाइडबडीमा मेरो नाम जोडियो : रविन्द्र अधिकारी
   नयाँ दैनिक comment 0

पुस २३, काठमाडौँ । पर्यटनमन्त्री रविन्द्र अधिकारीले वायुसेवा निगमलाई डुवाउने खेल भइरहेको दावी गरेका छन् । आज बिहान पत्रकार सम्मेलन गरेर अधिकारीले विमान आएपछि अरुको व्यापार घटेको र सरकारको बढेको हुनाले अनेक खेल भएको बताएका हुन् । उनले भने, ‘हामी अलि महत्वकांक्षी भएर अगाडि बढेनौँ भने नियम धरासायी हुन्छ ।’
अधिकारीले अनुमान र पूर्वाग्रहका आधारमा वाइडबडी विमान खरिदमा आफ्नो नाम जोड्ने काम भएको पनि दाबी गर्दै भने, ‘आफ्नो कार्यकालमा भएको कामको जिम्मेवारी लिइन्छ, भाग्ने कुरै आउँदैन ।’
। लेखा समिति अन्तर्गतको उपसमितिले मन्त्री अधिकारीलाई महालेखा परीक्षकको कार्यालयले विमान खरिदमा प्रश्न उठाइसकेपछि अन्तिम किस्ता भुक्तानी दिएको, संसदमा झुट बोलेको भन्दै कारबाही गर्न सिफारिस गरेको थियो । महालेखाले प्रश्न उठाएपनि कानुनको अन्तिम ब्याख्या गर्ने निकाय सर्वोच्चको २७ मंसिर २०७४ को आदेश अनुसार आफूले अन्तिम किस्ता रोक्नसक्ने अवस्था नभएको उनको स्पष्टिकरण थियो ।

संसदलाई ढाँटेको भने अधिकारीले स्वीकार गरे । उनले भने, ‘२, ३ दिनपछि पेमेन्ट कसरी जान्छ भनेर हेर्दा पो पहिले नै सेड्युल बनेको रहेछ । त्यसअनुसार अन्तिम किस्ता मेरो कार्यकालमा पनि गएको रहेछ ।’ रणनीतिक साझेदार खोजेर वायुसेवा निगमलाई अगाडि बढाउन जरुरी रहेको उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *