विखण्डनकारी नारा र जुलुस असह्य : नारायणकाजी

   नयाँ दैनिक comment 0

फाल्गुण २७, काठमाडौँ । सत्तारुढ नेकपाका नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले विखण्डनकारी नारा र जुलुस हद र असह्य भन्दै चिन्ता व्यक्त गरेका छन् । यस्ता गतिविधिको अन्त्यको निम्ति सम्झौता कि विखण्डनवादलाई वैधानिकता दिन भन्ने सवाल उठ्नै नपाउने गरी सरकारले तुरुन्त कदम चाल्न समेत सरकारसँग उनको माग छ ।

उनले ट्वीट गरेका छन्, ‘आज हाम्रो प्यारो देशको सार्वभौमिकता र अखण्डताको विरुद्ध खुलम्खुल्ला विखण्डनकारी नारा र जुलुस कसरी र किन भइरहेछ ? यो हद भयो, असह्य भयो ।’

सरकार र सीके राउतको स्वतन्त्र मधेश गठबन्धनबीच राजनीतिक सहमति भएको भोलिपल्टै आइतबार राउत जनकपुर जाँदा उनका समर्थकहरुले ‘सम्झौतापश्चात् परित्याग गरिएको भनिएको’ ‘स्वतन्त्र मधेश’ को विखण्डनकारी नारा लगाएका थिए ।

सो सहमतिको सन्दर्भमा आयोजित कार्यक्रममा नारायणकाजी सहभागी भएनन् । सत्तारुढ नेकपाकै थुप्रै शीर्षस्थ नेताहरु सहभागी नहुनुलाई असन्तुष्टिको रुपमा बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *