विदेश भ्रमणमा ठूलाकै हालीमुहाली

   नयाँ दैनिक comment 0

पुस ८, काठमाडौँ ।  विदेश भ्रमणमा उच्च पदस्थ कर्मचारीकै हालीमुहाली देखिएको छ । राज्यबाट आकर्षक सेवा सुविधा लिँदै आएका राजपत्रांकित अधिकृतदेखि सचिव तहका कर्मचारीको विदेश भ्रमणमा एकछत्र राज देखिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले विभिन्न मन्त्रालय र मातहत निकायका कर्मचारीले गरेको विदेश भ्रमण अध्ययनसम्बन्धी तयार पारेको विस्तृत प्रतिवेदनमा एक वर्षको अवधिमा ५ हजार ११ कर्मचारी विदेश गएको र त्यसमा ८५ प्रतिशतभन्दा बढी उच्चपदस्थ कर्मचारीहरु रहेको औँल्याएको छ । उच्चपदस्थहरु प्रायः युरोपियन र अमेरिकी मुलुकमा गएको प्रतिवेदनमा उल्लेख छ ।
प्राप्त प्रतिवेदनअनुसार एक वर्षमा विदेश गएका ५ हजार ११ मध्ये ४ हजार २५८ जना शाखा अधिकृतदेखि सचिवस्तरका छन् । तल्लो तहका कार्यालय सहयोगी, खरिदार र सुव्वास्तरका ६ सय कर्मचारीलाई मात्र यस्तो अवसर मिलेको छ । यो कुल संख्याको १२ प्रतिशत मात्रै हो । विदेश जानेमा विभिन्न संवैधानिक निकायका पदाधिकारीको संख्या ३ प्रतिशत मात्रै छ । दुवै तहका कर्मचारीले एक वर्षमा ४५ हजार ६५७ दिन विदेश भ्रमणमा बिताएको प्रतिवेदनमा जनाइएको छ ।
विदेश भ्रमणमा रहँदा उच्चपदस्थ कर्मचारीले दैनिक २ सय डलरसम्म भत्ता पाउँछन् । उनीहरु कम्तिमा पनि ७ देखि १० दिनको समय मिलाएर विदेश भ्रमणमा निस्कने गरेको राजधानी दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *