विप्लवबारे सञ्चारमन्त्रीको स्पष्टिकरण : ‘बम बोकेर आउनेहरुलाई ताली पड्काउन सकिएन’

   नयाँ दैनिक comment 0

चैत १०, काठमाडौँ । ‘विप्लवजीहरुलाई पहिले शान्तिपूर्ण तरिकाले आफ्ना गतिविधि गर्नुस् भनेका थियौँ । उहाँहरु बम पड्काउन थाल्नुभयो । स्थानीय जनप्रतिनिलाई कर लगाउँदै हिँड्नुभयो । विकास निर्माणमा प्रतिशत लगाउन थाल्नुभयो । हामीले यसो नगर्नुस् भनेर बारम्बार भन्यौँ ।

उहाँहरुले व्यवहार सुधार नगरेपछि राज्यले आवश्यक कानुनी कारबाही गर्नुपर्ने हुन्छ । त्यसपछि पक्राउ पर्नु स्वाभाविकै हो । उहाँहरुलाई वार्ताका लागि बारम्बार अपिल गरेका थियौँ । उहाँहरु उल्टै बम बोकेर पड्काउन थाल्नुभयो । बम बोकेर आउनेहरुलाई ताली पड्काउन सकिएन ।’ सञ्चारमन्त्री गोकुल बास्कोटाको यो भनाई नयाँ पत्रिकामा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *