विप्लवलाई विश्वासमा लिएर शासकीय क्षमता देखाउन सरकारलाई कांग्रेसको आग्रह

   नयाँ दैनिक comment 0

चैत ६, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई विश्वासमा लिएर अघि बढेर शासकीय क्षमता प्रदर्शन गर्न आग्रह गरेको छ । निषेधबाट नभई संवाद र सहमतिकै आधार चन्द नेतृत्वको नेकपालाई विश्वास लिएर अघि बढ्नुपर्ने निष्कर्ष मंगलबार बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले निकालेको छ ।

नेपाली काँग्रेसले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई हत्या, हिंसा र चन्दा आतंकको बाटो छाडेर आफैं सहभागी भएको संघीयता, गणतन्त्र र समुन्नतिको बाटोमा आउन समेत आग्रह गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

चन्द नेतृत्वको नेकपालाई हत्या, हिंसा र चन्दा आतंकको बाटो छोडेर आफै सहभागी भएको संघीयता, गणतन्त्र र समुन्नतिको बाटोमा आउन आह्वान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *