विप्लव समूहमाथि प्रतिवन्ध लागेपछि बाबुरामले सोधे– ‘के इतिहास दोहोरिन लागेको हो ?’

   नयाँ दैनिक comment 0

फाल्गुण २८, काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई सरकारले प्रतिवन्ध लगाएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले इतिहास दोहोरिन लागेको हो ? भनेर सरकारलाई प्रश्न गरेका छन् । भट्टराईले मध्यरातमा फेसबुकमा मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यो निर्णयले दुवै पार्टी सिद्धिने चेतावनी घुमाउने पारामा दिएका छन् ।

यस्तो छ बाबुरामको फेसबुक स्ट्याटस :

मार्क्सले हेगेललाई उद्धृत गर्दै भनेका थिए : ‘इतिहास दुइ चोटि दोहोरिन्छ-पहिलो चोटि वियोगान्त (Tragedy) रूपमा र दोश्रो चोटि मजाक (Farce) रूपमा !’

नेकपा डबल सरकारले नेकपा बिप्लव समूहलाई ‘अपराधिक’ भन्दै औपचारिक रूपले प्रतिबन्धित गरेको छ र उसका विरूद्ध राज्यको सुरक्षा शक्ति प्रयोग गर्ने घोषणा गरेको छ !  एउटा कम्युनिष्ट भन्ने पार्टीको सरकारले अर्को कम्युनिष्ट नै दावी गर्ने समूहलाई यसरी दमन गर्ने तयारी देख्दा विश्व इतिहासका यस्तै केही चर्चित विडम्वनापूर्ण घटनाको सम्झना गराउँछ !

आज भन्दा ठीक एक सय बर्ष पहिले सन् १९१९ मा जर्मनीको त्यति वेला Social Democratic Party of Germany (SPD) भनिने सुधारवादी कम्युनिष्ट पार्टीको सरकारले Communist Party of Germany (KPD) भनिने क्रान्तिकारी कम्युनिष्ट पार्टीमाथि दमन गरेर उनीहरूका नेताहरू रोजा लक्जेम्बर्ग, कार्ल लाइभ्नेख्त लगायतको नृसंस हत्या गरेको थियो! त्यसरीनै भारतको पश्चिम बंगालमा सन् १९६७-०७२ मा त्यहाँको सुधारवादी कम्युनिष्ट पार्टी CPM को सरकारले क्रान्तिकारी कम्युनिष्ट पार्टी CPI-MLमाथि भीषण दमन गरेर चारू मजुमदार लगायतका नेताहरूको हत्या गरेको थियो !

आखिर त्यसको परिणाम के भयो ? अन्तत: दुवै धारको भिन्न भिन्न प्रकारले अवसान भयो !

के नेपालमा पनि त्यही इतिहास दोहोरिन लागेको हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *