विप्लव समूहलाई प्रतिबन्ध लगाउनु अनुचित : नेता नेपाल

   नयाँ दैनिक comment 0

फाल्गुण २९, काठमाडौँ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा छलफल नगरी विप्लव समूहलाई प्रतिबन्ध गर्नु उचित नभएको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले बुधबार संसद भवन नयाँ वानेश्वरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै यस्तो गम्भीर विषयमा पार्टीमा छलफललै नगरी निर्णय गर्ने कार्यशैली ठीक नभएको बताएका हुन् ।

‘पार्टीभित्र छलफल भएको छैन । पार्टीभित्र गम्भीर विषयमा छलफल हुनुपर्थ्यो’ उनले भने ‘यस्तो चलन ठीक होइन, राष्ट्रिय महत्वका मेजर कदमहरु उठाउनुभन्दा पहिले बैठक बोलाउनुपर्छ, बैठकमा छलफल हुनुपर्छ, यस्तो किसिमको कार्यशैली उचित होइन ।’

सरकारमा गम्भीर तयारी गरेर र पर्याप्त छलफल गरेर भन्दा प्रचारात्मक कुरामा जाने प्रवृत्ति देखिएको नेता नेपालले बताए । ‘कुनै पनि चिजको निम्ति राम्रो, गम्भीर तयारी गरेर, पर्याप्त छलफल गरेर सरोकार भएका ठाउँमा छलफल चलाएर कदम चाल्नुपर्ने हो, अपरिवक्व ढंगले निर्णय गरेको देखियो’ उनले भने ।

आफूहरुसँग छलफल नै नगरिएकाले यसमा सरकारलाई साथ दिन नसकिने नेता नेपालको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *