विप्लव समूह ‘अपराधिक संगठन’ भएको निस्कर्ष निकाल्दै सरकारले प्रतिवन्ध लगायो

   नयाँ दैनिक comment 0

फाल्गुण २८, काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले प्रतिवन्ध लगाएको घोषणा गरेको छ । विप्लव नेतृत्वको समूह आपराधिक संगठन भएको ठहर गर्दै सरकारले प्रतिवन्ध लगाएको हो । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूह भनी चिनिने नेकपा नामको समूहलाई प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।

विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको सरकारले निस्कर्ष निकालेको छ ।

विप्लव समूहका नामबाट अब कुनै पनि गतिविधि गर्ने नदिने गरी मन्त्रीपरिषद्को बैठकले प्रतिवन्ध लगाएको स्रोतले बताएको छ । स्रोतका अनुसार गृहमन्त्री रामबहादुर थापा ‘वादल’ बैठकमा यसको प्रस्ताव गरेका हुन् । यो निर्णयले देशमा फेरि द्वन्द्व चर्किने संकेत देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *