विशेष राष्ट्रिय सम्मानका साथ भिक्षु अश्वघोषको अन्त्येष्टि गरिने

   नयाँ दैनिक comment 0

चैत २४, काठमाडौँ । नेपाल सरकार मन्त्रीपरिषदको आइतबार बसेकोआकस्मिक बैठकले शुक्रबार निधन भएका भिक्षु अश्वघोष महास्थविरको अन्त्यष्टि विशेष राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै तत्कालिन नेपका एमालेले भिक्षु अश्वघोषलाई  २०४९ साल देखि २०५४ साल सम्म संसदको माथिल्लो सदन राष्ट्रिय सभाको सदस्य बनाएको थियो ।

पाटनको उकुबहालमा जन्मिएका ९४ वर्षीय श्वघोषले करीब आठ दशकदेखि बौद्ध दर्शन र साहित्य दर्शनको विकासमा महत्वपुर्ण योगदान दिएका थिए भने उनका करीब १ सय ५० कृति  प्रकाशित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *