विश्वकप छनौटमा नेपाल सहित अस्ट्रेलिया एउटै समूहमा

   नयाँ दैनिक comment 0

साउन २, काठमाडौँ। सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबल र सन् २०२३ मा चीनमा हुने एसियन कपको छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ। दोस्रो चरणको प्रतिस्पर्धाका लागि भएको ‘ड्र’ मा नेपालसम्मिलित समूहमा अस्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेई र कुवेत परेका छन् । नेपालसहित ४० टिमलाई ८ समूहमा विभाजन गरी प्रत्येक समूहमा ५-५ टिमलाई राखिएको छ। प्रतियोगिता भने आगामी भदौ ९ देखि सुरु हुनेछ। पाँच टिमले ह‍ोम एन्ड अवेको आधारमा एक वर्ष भरिमा अन्तरमा ८-८ खेल खेल्नेछन्।

फिफाले निकालेको तालिकाको विवरण

समूह विभाजन:

समूह ए : चीन, सिरिया, फिलिपिन्स, माल्दिभ्स, गुआम

समूह बी : अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइ, कुवेत, नेपाल

समूह सी : इरान, इराक, बहराइन, हङकङ, कम्बोडिया

समूह डी : साउदि अरेबिया, उज्बेकिस्तान, प्यालेस्टाइन, यमन, सिंगापुर

समूह ई : कतार, ओमान, भारत, अफगानिस्तान, बंगलादेश

समूह एफ : जापान, किर्गिस्तान, ताजिकिस्तान, म्यानमार, मंगोलिया

समूह जी : यूएई, भिएतनाम, थाइल्यान्ड, मलेसिया, इन्डोनेसिया

समूह एच : दक्षिण कोरिया, लेबनान, उत्तर कोरिया, तुर्कमेनिस्तान, श्रीलंका

Leave a Reply

Your email address will not be published. Required fields are marked *