विष्णु खत्रीले ल्याए नयाँ गीत : ‘डाँडा काँडाको’

   नयाँ दैनिक comment 0

चैत १६, काठमाडौँ । लोकदोहोरी गायक विष्णु खत्रीले बजारमा नयाँ गीत ल्याएका छन् । जनवादी गायकका रुपमा परिचित खत्रीको नयाँ गीत ‘डाँडा काँडाको’ भने मायाप्रेमले ओतप्रोत छ । गीतमा खत्री आफैँले शब्द र संगीत दिएका छन् । उनको गीत हिजो शुक्रबार मात्रै सार्वजनिक भएको हो ।

जम्मु काश्मिरमा, बिहे गरेँ हतारै हतारमा फुर्सदैमा लाग्छ पछुतो, नयाँ जमना, भरिया दाइले बिसाउने भारी, कि सास चाहियो कि लास चाहियो, दशैँमा रुन नपारलगायतका उनका गीत मर्मस्पर्शी र अति व्यवहारिक मात्रै छैनन्, उत्तिकै चर्चित पनि छन् । उनका अधिकांस गीतले जनजीविकाको प्रतिनिधित्व गर्ने गर्दछन् ।

नयाँ गीतमा उनले गाउँको बाटो डाँडा काँडाको बाटोले प्रेमिकालाई भेट्न जान पाएक नपरेकामा मन खिन्न बनाएका छन् । प्रेमिकाले भने मन भए बाटो टाढाको छैन भन्दै घुर्की लगाएकी छन् ।

प्रेमिकालाई गाउँमा लिन आउँदा पनि अरुले शंका गर्ने हुन् कि भनेर खत्रीको चिन्ता छ । तर, प्रेमिकाले आफूले सबै व्यवस्था मिलाउने भन्दै आवश्त पारेकी छिन् । उनले फेरि आधा बाटोसम्म बोलाएका छन् प्रेमिकालाई । आफू हुर्केको भूमि एक चोटी नघुमी नफर्किन उनलाई प्रेमिकाले आग्रह गरेकी छिन् ।

आफू दुईदिनभन्दा नबस्ने भएकाले समय नपुग्ने वाध्यता खत्रीले प्रेमिकालाई सुनाएका छन् । प्रेमिको अभाव खप्दा गाह्रो भएकाले एक हप्ता बस्ने गरी आउन आग्रह गरेकी छिन् उनकी प्रेमिकाले ।

सुमधुर क्रियशनले बजारमा ल्याएको गीतमा उनको स्वरलाई चिनु घर्ती मगरले साथ दिएकी छिन् । तुलबीर थापा र साया भण्डारीको अभिनयले पनि भिडियोलाई पटक–पटक हेरौँजस्तो बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *