विष्णु पौडेलले बालुवाटारको जग्गा किनेको स्वीकारे

   नयाँ दैनिक comment 0

चैत २७, काठमााडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले वालुवाटारमा किनिएको भनिएको जग्गा कानून बमोजिम भएको जनाएका छन् ।

पौडेलको वालुवाटारमा जग्गा रहेको समाचारहरु आज प्रशारण भएको थियो । उक्त समाचारहरुको खण्डन गर्दै पौडेलले एक विज्ञप्ति जारी  गरेका छन् । 

नागरिक दैनिक लगायत अन्य कतिपय सञ्चार माध्यममा आएको समाचारको भ्रममा नपर्न आग्रह गर्दै  “२०६१ सालमा पुष २९ गते कानून बमोजिम जग्गा रजिशष्ट्रेशन पास गरि जग्गा लिएको”  विज्ञप्तिमा उल्लेख छ । सरकारी जग्गा हिनामिनामा आफ्नो र परिवारको सदस्यको कुनै संलग्नता नरहेको स्पष्ट पार्दै पौडेलले विज्ञप्ति जारी  गरेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *