दुर्घटनामा २ को मृत्यु

   नयाँ दैनिक comment 0

चैत २२, काठमाडौँ । ललितपुर जिल्लाको धोवीघाटमा जनकशिक्षा सामाग्रिको ना १ घ  ५३३ नंबरको ट्रकले बा ७ च २१३१ नंबरको भ्यानलाई ठक्कर दिँदा भ्यान चालक इन्द्रबहादुर सुनुवार तथा एक अर्की महिला डोल्मा शेर्पाको मृत्यु भएको ट्राफिक प्रहरी महासाखाले जनाएको छ । मृतक भ्यान चालक ४० बर्षीय सुनुवार दोलखा जिल्लाका हुन् भने शेर्पा धनुषा धारापानिकी हुन् ।

जनकशिक्षा सामाग्रिको ट्रकले ठक्कर दिएर घाइते बनेका उनिहरुको जाउलाखेलको अलका-२ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा अर्का एक व्यक्ति पनि घाइते बनेका छन् । उक्त घाइतेको ललितपुरकै भैँसेपाटीस्थित मेडसिटी अस्पतालमा उपचार भैरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *