शतक हानेर पारस खड्काले बनाए रेकर्ड

   नयाँ दैनिक comment 0

माघ १४, काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तान पारस खड्काले शतक हानेर नयाँ रेकर्ड बनाएका छन् । योसँगै उनी एकदिवसीय क्रिकेटमा शतक बनाउने खड्का पहिलो नेपाली क्रिकेटर बनेका छन् ।

युएईविरुद्धको अन्तिम तथा तेस्रो एकदिवसीय म्याचमा नेपाललाई ऐतिहासिक जित दिलाउने क्रममा पारसले ११५ रन बनाए । उनले ९६ बलमा १०० रन बनाउँदै शतक पूरा गरेका थिए । ५० ओभरको खेलमा भने पारसको यो चौथो शतक हो ।

कप्तान पारस खड्काले एक दिवसीयमा यसअघि नेदरल्यान्ड्सविरुद्ध अर्धशतक प्रहार गरेका थिए । नेदरल्यान्ड्सलाई दोस्रो खेलमा एक रनले पराजित गर्दै सिरिज १–१ को बराबरीमा टुंग्याउँदा कप्तान पारसले ५१ रन बनाउँदै अर्धशतक प्रहार गरेका थिए । कप्तान पारसले ६९ बलको सामना गर्दै ६ चौका र दुई छक्का प्रहार गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *