शरीरभरि गोली र घाउ : सहाराबिहीन आमा–बाउ

आचार्यको नेतालाई प्रश्न– हामीलाई भर्याङ बनाएर तपाईंहरु झण्डा हल्लाएर आलिशान जिन्दगी जिउने ?
   नयाँ दैनिक comment 0

माघ ७, काठमाडौँ । सत्तारुढ नेकपाका केन्द्रीय सदस्य तथा सहिद परिवार रामदीप आचार्यको अभिव्यक्ति हो यो–‘शरीरभरि गोली र घाउ, सहारबिहीन आमा–बाउ’ । जनयुद्धको नेतृत्व गरेका नेताहरुमाथिको असन्तुष्टि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत व्यक्त गरेका हुन् । पूर्वमाओवादी नेताहरु समवेदना शून्य भएको उनको भनाई छ ।

उनले सार्वजनिक रुपमै नेताहरुलाई प्रश्न गरेका छन्, ‘रगत, आँशु र पसिनाको त्रिवेणी पार गरेर तपाईंहरु झण्डा हल्लाएर आलिशान जिन्दगी जिउने ठाउँसम्म पुग्नुभयो । विडम्बना ! तपाईंहरुलाई माथि पुर्याउन योगदान गर्ने भर्याङहरुको कहालीलाग्दो अवस्थाबारे के तपाईँहरु अनविज्ञ हुनुहुन्छ ? किन तपाईंहरु यति समवेदना शून्य ?’

समाजवाद अध्ययन प्रतिष्ठानका अध्यक्षसमेत रहेका आचार्यले विदेशमा जनयोद्धाको प्रताडना, सहिद र वेपत्ता योद्धाका छोराछारीको विचल्ली र अस्पतालमा घाइतेको अरण्य रोदनमा पनि नेताहरुको समवेदना नभएकोमा चिन्ता र आक्रोश व्यक्त गरेका छन् । जनयुद्धको आधारभूमि जाजरकोटमा जन्मिएका आचार्य अखिल (क्रान्तिकारी)का पूर्व उपाध्यक्ष हुन् । तार्किक र प्रखर वक्ता आचार्यका दाजु इन्द्रलाल आचार्य र दिदी ममिता आचार्य जनयुद्धमा सहिद बनेका थिए । अर्का दाजु नेकपाको कर्णाली प्रदेशका सचिव छन् ।

यस्तो छ आचार्यको स्ट्याटस :

समवेदना शून्य पूर्व माओवादी नेताहरु !
नेपालमा उथलपुथलकारी जनयुद्ध तपाईंहरुकै पहल र नेतृत्वमा भयो । रगत, आँशु र पसिनाको त्रिवेणी पार गरेर तपाईहरु झण्डा हल्लाएर आलिशान जिन्दगी जीउने ठाउँ सम्म पुग्नु भयो बिडम्बना तपाईंहरूलाई माथि पुर्याउन योगदान गर्ने भर्याङहरुको कहाली लाग्दो अबस्था बारे के तपाईंहरु अनभिज्ञ हुनुहुन्छरु किन तपाईंहरु यति समवेदना शून्य ?!
1 शरिर भरि गोली र घाउ
2 सहारा बिहीन आमा बाउ
3 बिदेशमा जनयोद्धाको प्रताडना
4 सहिद र वेपत्ता योद्धाका छोराछोरीको विचल्ली
5. अस्पतालमा घाइतेको अरण्य रोदन

Leave a Reply

Your email address will not be published. Required fields are marked *