शान्ता चौधरीले भनिन्, ‘कानुन पढ्छु’

प्रधानमन्त्रीले दिए बधाई
   नयाँ दैनिक comment 0

असार १३, काठमाडौँ । प्रतिनिधिसभा सदस्य शान्ता चौधरीले कानुन विषयमा उच्च शिक्षा अध्ययन गर्ने बताएकी छिन् । एसइइमा बी ग्रेड सहित २.६५ जीपिए ल्याएकी उनले भनिन्, ‘मेरो योजना ल (कानुन) पढ्ने हो । राजनीति गरेर कानुन बनाउने ठाउँमा पुगेका मान्छेलाई कानुन सम्बन्धि जानकारी र अध्ययन अनिवार्य रहेछ ।’

त्यही भएर आफूले कानुन पढ्ने सोच बनाएको उनले बताईन् । ‘मेरो योजना पिएचडीसम्म गर्ने हो । पढाईलाई निरन्तरता दिन्छु ।’ उनले कक्षा ११ दाङ वा काठमाडौँमा पढ्ने निश्चित नभएको बताईन् । १८ वर्ष कमलहरी बस्दा पढ्न नपाएकी शान्ताले यस पटक तुलसीपुरस्थित सेन्टर माविबाट परीक्षा दिएको समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

प्रधानमन्त्रीको बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले एसइइमा बी ग्रेड सहित २.६५ जिपीए ल्याएकी शान्ता चौधरीलाई बधाई दिएका छन् । पोखराबाट काठमाडौँ आउँदै गरेकी शान्तालाई फोन गरेर ओलीले बधाई दिएका हुन् । ‘प्रधानमन्त्रीले फोन गरेर बधाई दिनुभएको छ’ उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *