शान्ति प्रक्रिया भाँड्ने षड्यन्त्र हुँदै छ : प्रचण्ड

   नयाँ दैनिक comment 0

असार २१, काठमाडौँ। सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मुलुकको शान्ति प्रक्रिया भाँड्ने षड्यन्त्र भइरहेको दाबी गरेका छन् । नेकपा मुख्यालय धुम्बाराहीमा शुक्रबार आयोजित कार्यक्रममा उनले भने, ‘नेपालको शान्ति प्रक्रिया संसारको सबभन्दा सफल हो’ ।शान्ति प्रक्रिया भाँड्न पाए फाइदा हुन्छ भन्ठान्नेहरू षड्यन्त्रमा लागेको उनको भनाइ छ । मुलुकको शान्ति प्रक्रिया सफलतासाथ सम्पन्न हुन आँटेको कुरा कतिपयलाई मन नपरेकाले बिथोल्न लागेको उनको आरोप छ । ‘हामीले शान्ति प्रक्रियाको असाध्यै संवेदनशील पक्षलाई संसारको सबैभन्दा सफल उदाहरणका रूपमा अघि बढाइसकेका छौं,’ उनले भने, ‘यो सफल भएको कुरा एकथरीलाई मन परेको छैन । पुराना विषयलाई कोट्याएर गिजोल्न खोजिदैछ”- प्रचण्डले भने। यो समाचार कान्तिपुर दैनिक बाट साभार गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *